Logo

एएफसी फुटसल एसियन कप छनोटमा नेपालको खराब सुरुवात



काठमाडौं, २७ चैत । एएफसी फुटसल एसियन कप छनोटको पहिलो खेलमा नेपालले खराब सूरुवात गरेको छ ।

किर्गिस्तानको गाज्पोर्म स्पोर्ट्स कप्लेक्समा भएको खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको हो ।

नेपालले उज्वेकिस्तानसँग ५–१ गोल अन्तरको फराकिलो हार व्यहोरेको हो ।

उज्वेकिस्तानलाई जित दिलाउन रोपिभ इख्तियोरले दुई गोल गरे ।

नेपालका मणि लामाले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्