Logo

संविधानले निर्देश गरेअनुसार ऐन बनाउनुपर्छः प्रचण्ड



काठमाडौं, २९ चैत । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले निर्देश गरेअनुसार ऐन बनाउन सबै दल, कर्मचारी र विज्ञ लाग्नुपर्ने बताएका छन् । आवश्यकपर्ने नीतिको अभावमा परिवर्तनको प्रतिफल नपाउने अवस्था हटाउनुपर्नेमा उनले जोड दिए ।

सहरी विकास मन्त्रालयले आज आयोजना गरेको राष्ट्रिय सहरी नीति, सहरी विकास ऐनर युटिलिटी कोरिडोर ऐन तर्जुमा सम्बन्धि परामर्श गोष्ठीमा उनले आम नेपालीले ल्याएको परिवर्तन जनता आफैँले अनुभूति गर्नुपर्ने बताए । उनले भने, “त्यसका लागि पनि संविधानका आधारमा कानुन बनाउनुपर्छ ।” ‘डिजिटलाइजेसन’ र ‘ग्लोबलाइजेसन’ को अधिकतम फाइदा लिनुपर्नेमा अध्यक्ष दाहालको जोड छ । यसबाट कसरी फाइदा लिन सकिन्छ भनी सकारात्मक र रचनात्मक विश्लेषण गर्नुपर्ने उनले बताए ।

विकासको अरुको मोडेललाई यान्त्रिक तरिकाले जसरी पछ्याउन नसकिने उनको भनाइ छ । उनले भने, “हाम्रो आफ्नै तरिकाले बढ्दो सहरीकरणलाई व्यवस्थित गर्न आवश्यक रहेको छ ।” आफू प्रधानमन्त्री हुँदा मध्यपहाडी राजमार्ग र ‘लिङ्क रोड’ को विकासमा विशेष ध्यान दिएको अध्यक्ष दाहालले बताए ।

आफैँले ल्याएको परिवर्तनलाई संस्थागत गर्न आवश्यक रहेको उनले औल्याए । उनले भने, “त्यसका लागि अरु मन्त्रालयहरुले पनि समन्वयात्मक ढङ्गबाट ऐन, नीति बनाउन लाग्नुपर्छ ।”  रासस



प्रतिक्रिया दिनुहोस्