काठमाडौं, २९ चैत । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आसन्न स्थानीय तह चुनावमा उम्मेदवार छनोटमा केन्द्रले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार नेपाल निजामती कर्मचारी युनियनले गरेको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रबाट उम्मेदवार छनौटमा हस्तक्षेप भएको आरोप लगाए ।
स्थानीय, जिल्ला र क्षेत्रबाटै उम्मेदवार छनोट गर्ने र आवश्यकता र औचित्यका आधारमा चुनावी तालमेल गर्न स्थानीय तहलाई भनिएको भए पनि अहिले केन्द्रबाट उम्मेदवार छनोटमा हस्तक्षेप भएको उनले बताए ।
यस्तै, उनले अर्थतन्त्र ओरालो लागेका बेलामा गभर्नरसँग तालमेल मिलेन भनेर गभर्नरलाई नै निलम्बन गर्नु सरकारको गैरजिम्मेवारी भएको बताए ।