Logo

छ सयले बढ्यो सुनको भाउ



काठमाडौं, ३० चैत । बुधबार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख १ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १ हजार रुपैयाँ निर्धारण भएको छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण भएको थियो । बुधबार चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले बढेर १४०० रुपैयाँ कायम भएको छ ।



प्रतिक्रिया दिनुहोस्