Logo

पाँच दलीय गठबन्धनका कारण सर्लाहीमा चुनावी तालमेलमा ठुलो समस्या



सर्लाही, २९ चैत्र । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै आगामी चुनावमा तालमेल गर्ने घोषणा मात्र गरेका छैनन्, देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा सहकार्य गर्न आह्वान गरेका छन् । तर एकाध स्थान बाहेक अन्यत्र तालमेलमा सहमति जुट्न सकेका छैनन् ।

यस्तै अवस्था मलंगवा नगरपालिकाको पनि रहेको छ । ५ दलको गठबन्धन बने संगै अब मलंगवा नगरपालिकाको मेयरको टिकट कसले पाउने हो, भनेर मलंगवामा यो कुरा ठुलै चर्चाको बिषय बनेको छ । नेपाली कांग्रेसका एकजना नेताका अनुसार मलंगवा नगरपालिकाबाट कांग्रेस विजय भएकोले कांग्रेसकै कोटामा मलंगवा पर्ने वहाले बताए पनि जसपा र नेकपा एस पनि मलंगवाको कोटा हामिले पाउने दाबी गरिरहेकोले मलंगवाबाट मेयरपदमा कसले टिकट पाउने हो यो कुरा रहस्यमय बन्दै गएको छ ।

२०७४ सालमा मलंगवाको मेयरमा निरसल साह जितेका थिए । साह पनि पुन टिकट आफुलेनै पाउने बताई रहेको छ । यता जसपाबाट चुनाव लडेका नागेश्वर यादव र जसपाका अर्का नेता काशी राय यादव पनि अब जसपाबाट टिकट आफुले पाउने बताइरहेको छ । जानकारहरुको भनाई अनुसार गठबन्धनबाट टिकट पाउने नेताको विजयी सुनिश्चित रहेको बताउछन् ।

कांग्रेस पार्टीका एकजना नेताको भनाई अनुसार मलंगवाका मेयरमा हामिले टिकट पाउने छौ भने जसपा वा नेकपा एसलाई उपप्रमुखको टिकट दिने समझदारी भएको वहाले बताए । केन्द्रमा जस्तै सर्लाहीमा पनि चुनावी तालमेलबारे छलफल गर्न चार दलको बैकठ बसेको थियो । नेताहरुका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच प्रमुख र उपप्रमुखमा चुनावी तालेमल हुन नसके स्वस्थ प्रतिस्पर्धा गर्ने विकल्पमा पनि सकारात्मक छलफल भइरहेको जनाए । सिंगो गठबन्धनमा सहमति नजुट्दा कांग्रेस र जसपा दुबैको प्राथमिकतामा माओवादी केन्द्र पार्न सक्छ ।

कांग्रेससँग तालमेल नभएका स्थानहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मात्र भए पनि गठबन्धन गर्ने छलफल चलिरहेको छ । माओवादी र एकीकृत समाजवादीले समर्थन गर्ने हो भने जसपाको पनि त्यही हाराहारी पुग्छ । केन्द्रको निर्णयको पर्खाइमा अधिकांश दलमा नगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार टुंगो लगाउने जिम्मा केन्द्रीय कमिटीले लिएकाका छन् । त्यसैले आकांक्षीहरु केन्द्रकै निर्णय पर्खिरहेका छन् ।

यद्यपी दलहरुले चुनाव लक्षित घरदैलो कार्यक्रम भने सक्काएका छन् । अहिले आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने, लबिङ गर्ने र निर्वाचन लक्षित गतिविधि सञ्चालन गरिरहेका छन् । केन्द्रबाट निर्देशन आएपछि उम्मेद्वार सिफारिस गरेर पठाउने गठबन्धनले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्