![](https://reportersnepal.com/wp-content/uploads/2021/08/Kamal-Thapa-768x576.jpeg)
काठमाडौं, ३० चैत । राप्रपा नेपालका अध्यक्ष कमल थापा एमाले पार्टी कार्यालयमा पुगेका छन् ।
थापाले स्थानीय तहको चुनावमा सहकार्यको प्रस्ताव लिएर एमाले पार्टी कार्यालय गएको बुझीएको छ ।
उनले एमालेका दोस्रो तहका नेतासँग छलफल गर्ने बताइएको छ ।
उनले केहि दिन अघि सूर्य चिह्नबाट चुनाव लड्न सक्ने संकेत गरेका थिए ।