Logo

अलराउन्डर वरीयतामा दिपेन्द्रको छलाङ



काठमाडौं, ३० चैत । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी दिपेन्द्र सिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा शीर्ष दश भित्र परेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले सार्वजनिक गरेको टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको अलराउन्डर वरीयतामा दिपेन्द्रले शीर्ष दशमा स्थान पर्न सफल भएका हुन् ।

दिपेन्द्रले गत महिना घरेलु मैदानमा भएको त्रिकोणात्मक टी–२० सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

यस्तै दिपेन्द्र टी–२० ब्याटिङको वरीयतामा ३८औं स्थानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्