Logo

हतियारधारीको आक्रमणमा परि २३ जनाको मृत्यु



सिन्ह्वा, ३० चैत । मध्य नाइजेरियाली प्रान्त बन्यूमा हतियारधारीहरुले गरेको आक्रमणमा परी कम्तीमा पनि २३ जनाको ज्यान गएको छ ।उक्त प्रान्तको तारका नामक नगरमा हतियारधारीहरुले सो हमला गरेका थिए । उक्त हमलामा परेर ती नागरिकको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

अज्ञात हतियारधारीहरुले यस नगरका दुई फरक फरक समुदायका नागरिकमा हमला गरेका थिए । बेन्यू प्रान्तका प्रहरी प्रवक्ताले सो आक्रमणले यहाँका दुई फरक समुदायलाई तारो बनाएको बताएका छन् । त्यस क्रममा भएका आक्रमणमा परेर यहाँका स्थानीय गाउँलेको ज्यान गएको थियो ।

सोमबार राति भएको सो आक्रमणको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । उक्त राज्यमा विगत लामो समयदेखि विभिन्न जातिका बीचमा हत्याको शृंखला नै चल्ने गरेको छ ।एकले अर्को जातिका मानिसमाथि यसरी सांघातिक हमला गर्ने र मानिसको ज्यान नै लिने गरेका समाचारहरु सो प्रान्तमा प्रायः आउने बताइएको छ । रासस



प्रतिक्रिया दिनुहोस्