Logo

अमेरिकी कांग्रेसका ३९८ सदस्यलाई रुसद्वारा प्रतिबन्ध



मस्को, १ वैशाख । रुसले अमेरिकी कांग्रेसका ३९८ सदस्यहरूलाई आफ्नो यात्रा प्रतिबन्धको सूचीमा थपेको विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले मार्च २४ मा राज्य डुमाका ३२८ सांसदहरू विरुद्ध लगाएको रुस विरोधी प्रतिबन्धको अर्को लहर को प्रतिक्रियाको रूपमा थप ३९८ जनामाथि प्रतिबन्ध लगाइएको जनाइएको छ ।

रुस युक्रेन युद्धको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई तोपखाना र हेलिकप्टर सहित नयाँ सैन्य सहायतामा ८०० मिलियन अमेरिकी डलर अनुमोदन गरेपछि यो निर्णय आएको हो ।

यसबाहेक रुसले क्यानडाको सिनेटका ८७ सदस्यमाथि पनि प्रतिबन्ध लगाएको छ ।

गत फेब्रुअरी २४ मा डोनेट्स्क र लुहान्स्कका टुक्रिएका गणतन्त्रहरूले युक्रेनी सेनाहरू विरुद्ध आफूलाई बचाउन मद्दतको लागि अपील गरेपछि रुसले युक्रेनमा सैन्य कारबाही शुरु गरेको हो । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot