काठमाडौं, १ वैशाख । ‘शिरुवा’ अर्थात सुरुको पर्व । यो पर्व (पावैन) थारु समुदायसँगै तराईमा बसोबास गर्ने राजवंशी, गनगाई, ताजपुरिया, धिमालको को महत्वपूर्ण चाड हो । वैशाख महिनाको १ गते मनाइने यो पर्वमा कसैले आफ्ना साथीहरुसँग गोबरमाटो खेल्ने गर्छन भने कोही खुसियालीमा रंगअबीर रमाइलो मानी खेल्ने गर्छन् ।
यस्तै कोही भने नुहाएर अम्खोरामा शुद्ध जल लिएर पहिला आफ्नो गृह देवता वा ग्राम देवता तथा अन्य देव(देवी स्थलमा जल चढाउने गरिन्छ । त्यसपछि आफूभन्दा सानोलाई त्यही शुद्ध जल शीरमा छर्किएर आशीर्वाद दिने गर्छन भने आफूभन्दा सानाले ठूलाको गोडामा शुद्ध जल चढाउने गर्दछन् ।
शिरुवालाई पानी शिरुवा, काद (हिलो) शिरुवा, रंग शिरुवाको अलावा घाटोसरी, भादाखेली भनेर विशेष पुजा गरी मनाउँदै आएका छन् । यो एउटा सहिष्णुतारमाया प्रेमको प्रतीक मानिन्छ । कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशीर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन् ।
यही परम्परा बर्षौ पहिल्यैदेखि थारु समुदायमा पनि चल्दै आएको छ । शिरुवा पर्वलाई विभिन्न संस्कृति अनुसार विभिन्न अर्थको रुपमा लिने गरिन्छ । जस्तो की वैशाख हुनुको कारण थारु भाषामा ‘वैशाखी’ अर्थात चैतमा पकाएको वैशाखमा खाने चलन (चैत ३० गते पकाएको खाने कुरा वैशाख १ गते खाने प्रचलन) ।
यसलाई बाइस अर्थात ‘बासी पर्व’ पनि भनिन्छ । यो परम्परा बुद्ध धर्मको थेरावादमा पढाइ हुने भएकाले बुद्ध धर्म मान्ने देशहरु म्यानमार, श्रीलंका, सिंगापुर र थाइल्याण्डका बौद्ध मार्गीहरु पनि यस दिन भव्य रुपमा यो जूरशीतल मनाउने गर्छन् ।
नयाँ वर्षको अवसरमा वर्षभरि सुखद, सुन्दर सौहार्दपूर्ण तथा शीतल र शान्त वातावरणमा परिवार र समाज अगाडि बढोस् । आफ्नो–आफ्नो कुल देवता तथा देवी, ग्राम देवता तथा अन्य देवीस्थल लगायत आफूभन्दा सानाको शीरमा उसको उज्वल भविष्यको कामना गर्न जुराएर पानी दिने परम्परा छ, यसैलाई जुरशीतल भनिन्छ ।
थारु समुदायमा भनाई नै छ, ‘फगुवा उसारे आ शिरुवा पसारे’ अर्थात फागुनको फगुवाले पर्वको समापन गर्छ भने वैशाखको शिरुवाले कुनै पनि वर्षको सुरुको पर्वलाई भव्य रुप स्वागत गर्ने थारु संस्कृति विद् भुलाई चौधरी बताउँछन् ।
शिरुवालाई पानी शिरुवा, काद ९हिलो० शिरुवा, रंग शिरुवाको अलावा घाटोसरी, भादाखेली भनेर विशेष पुजा गरी मनाउँदै आएका छन् । यो एउटा सहिष्णुतारमाया प्रेमको प्रतीक मानिन्छ । कुनै भेदभाव सानो ठूलो नमानी जो कोही पनि बाटोमा भेट्दा आफूभन्दा ठूलो भएर जल चढाएर आशिर्वाद लिने गर्छन् भने सानालाई शीरमा शुद्ध जल छर्किएर आशीर्वाद दिने गर्दछन् ।
उनी भन्छन्, ‘ थारु समुदाय नेपालको तराइको क्षेत्रको मूल बासी हो । प्रकृतिलाई पुज्ने भएकाले पानी उसको लागि विशेष महत्व राख्छ । संसारमा सबैभन्दा धेरै भू(भाग पानीकै छ । पानी बिना जीवन अधुरो छ । पानीलाई शीतलता मानेर थारुको पूर्खाहरुले शीरमा चढाउने परम्परा भएकाले जुर–शीलत मनाउन थालिएको हो ।यो हाम्रो मौलिक पर्व हो ।’
उनका अनुसार यो पर्वमा थारु समुदायका मानिसहरु १० दिन अगाडिदेखि नै आ(आफ्नो घर–आँगन लिपपोत गरी सफा राख्छन् । त्यो बेला सबैको घर आगनमा एउटा पनि फोहोरको थुप्रो देखिँदैन । एउटा सुन्दर स्वर्गको आगनीमा आइपुगे जस्तो लाग्छ। शिरूवाको लागि आधा रातिदेखि नै विभिन्न प्रकारको परिकार तयार पारेका हुन्छन् ।