काठमाडौं, १ वैशाख । अखिल नेपाल फुटबल संघ (एन्फा) को आधिकारिक फेसबुक पेज ह्याक भएको छ ।
एन्फाले बिहीबार आधिकारीक वेबसाइट मार्फत यस्तो जानकारी दिएको हो ।
‘एन्फा अफिसियल’ नामक नयाँ फेसबुक पेज खोलेको समेत जनाइएको छ ।
भेरिफाइड भएको दुई लाख बढी फलोअर्स भएको उक्त पेजलाई फिर्ता ल्याउन असफल भएको बताएको छ ।
पुरानो पेज डिलिट गर्ने प्रक्रियामा लागेको एन्फाले जनाएको छ ।
नयाँ वर्षको शुभकामना दिदै एन्फाले यसबारे जानकारी दिएको हो ।