Logo

पूर्वप्रधानमन्त्री खनालद्वारा नयाँ वर्षको शुभकामना



काठमाडौं, १ वैशाख । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नयाँ वर्षका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।

उनले जारी गरेको सन्देशमा देश–विदेशमा रहेका सबैनेपालीको क्रियाशीलताले मुलुकलाई समृद्ध बनाउने र सुखी हुने चाहना पूरा हुने जनाइएको छ ।

मुलुकमा संविधानको रक्षा गर्दै लोकतन्त्र बलियो बनाउन निर्वाचन महत्वपूर्ण हुने सन्देशमा उल्लेख गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्