Logo

फोन पेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त



काठमाडौं, १ वैशाख । फोन पेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् ।

यसअघि कोकाकोलामा आबद्ध दासलाई फोन पेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका हुन् ।

कोकाकोलामा १२ वर्ष भन्दा लामो समय एरिया सेल्स् म्यानेजर, कोल्ड ड्रिंस् इक्विपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेडलगायतको भूमिकामा रहेका थिए ।

फोन पेमा दास बिजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवर्द्नको रुपमा काम गर्ने जनाइएको छ ।

फोन पेमा हाल करिब ६ लाख मर्चेन्ट रहेको कम्पनीले जनाएको छ ।

फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली संचालक आबद्ध रहेको कम्पनीको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्