Logo

बैंकर रविना श्रेष्ठ राष्ट्रपतिबाट विभूषित



काठमाडौं, १ वैशाख । मेगा बैंक लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ राष्ट्रपतिबाट विभूषित भएकी छन्।

आज (बिहीबार) नयाँ वर्षको अवसरमा राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सीईओ श्रेष्ठलाई राष्ट्रपति भण्डारीले प्रबल जनसेवाश्री (चतुर्थ) प्रदान गरेकी हुन् ।

मन्त्रिपरिषद्ले गत असोज ३ गते संविधान दिवस २०७८ का अवसरमा बैंकिङ क्षेत्रका तर्फबाट श्रेष्ठलाई विभूषण प्रदान गर्ने घोषणा गरेको थियो ।

श्रेष्ठ स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत छिन् । श्रेष्ठ विगत लामो समयदेखि नेपालको बैंकिङ क्षेत्रमा कार्यरत छिन् ।



प्रतिक्रिया दिनुहोस्