Logo

आईपीएलमा आज दुई खेल हुँदै, मुम्बई पहिलो जितको खोजीमा



काठमाडौं, ३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) टी– क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछ ।

शनिबार हुने पहिलो खेलमा मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्स तथा दोस्रो खेलमा दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ ।

पाँच खेलमा पाँच हार व्यहोरेको मुम्बई आज पहिलो जितको खोजीमा रहनेछ । पाँच खेलमा ६ अंक जोडेको लखनउ पाँचौ स्थानमा रहेको छ । मुम्बईमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यस्तै, दिल्ली र बैंगलोरबीचको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

दिल्ली ४ खेलमा ४ अंक जोडेर आठौं स्थानमा रहेको दिल्ली आज तेस्रो जितको खोजीमा रहनेछ ।

साथै, ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा रहेको बैंगलोर आज चौंथो जित चाहन्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot