Logo

शताब्दी पुरुष जोशी किष्ट अस्पतालको आईसीयूमा



काठमाडौं, ३ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् ।

उनलाई काठमाडौंस्थित किष्ट अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार जारी रहेको अस्पतालले जनाएको छ ।

चिकित्सकहरुले जोशीमा फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको जनाएका छन् ।

अहिले उनको अवस्था सन्तोषजनक रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्