काठमाडौं, ३ वैशाख । शताब्दी पुरुष सत्यमोहन जोशी अस्वस्थ भएका छन् ।
उनलाई काठमाडौंस्थित किष्ट अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार जारी रहेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरुले जोशीमा फाइब्रो ब्रोङ्कएक्टेसिस समस्या देखिएको जनाएका छन् ।
अहिले उनको अवस्था सन्तोषजनक रहेको जनाइएको छ ।
उनले आईसीयूको वेडबाट पर्सी घर जाने बताएको लेखक गिरिस गिरीले जानकारी दिएका छन् । तस्विरः गिरिश गिरी