Logo

भतरपुर महानगरमा काँग्रेसका कार्यकर्ता असन्तुष्ट, ५० जनाले गरे सामूहिक राजिनामाको घोषणा



काठमाडौं, ३ वैशाख । चितवनको भरतपुर महानगरपालिकामा शनिबार दर्जनौं कांग्रेस कार्यकर्ताले पार्टी सदस्यबाट राजिनामाको घोषणा गरेका छन् ।

शनिबार भरतपुर–१७ बेलुवा टोलमा गरिएको कार्यक्रममा ५० जनाले स्वतन्त्र अभियानका लागि भन्दै सामूहिक राजिनामाको घोषणा गरेका हुन् ।

भरतपुर महानगरपालिकाको मेयर उम्मेदवार कांग्रेसबाट हुनुपर्ने भन्दै केन्द्रलाई दबाब दिन स्थानीय कार्यकर्ताले राजिनामा अभियान चलाएको बताइएको छ ।

स्थानीय नेता प्रकाश कँडेलको संयोजकत्त्वमा अभियान सञ्चालन भएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot