Logo

गठबन्धनलाई खिचडीको संज्ञा दिदै त्रिपाठीले भने– खिचडी बिरामीले मात्र खान्छन्



सर्लाही, बैशाख ३ । जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय सरकार भ्रष्टाचार मुक्त हुनुपर्ने बताएका छन् ।

पार्टीका सर्लाही जिल्ला अध्यक्ष ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज (शनिवार) सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो उद्घोष गरेका हुन् ।

जिल्ला समन्वय समितिको सभाहलमा भएको सम्मेलनमा ५ दलको गठबन्धनको विषयमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिंदै ५ दलको गठबन्धनलाई उनले खिचडीको संज्ञा दिएका छन् । उनले भने, ‘खिचडी भनेको बिरामीहरुले खाने एक प्रकारको परिकार हो ,स्वस्थ ब्यक्तिले खिचडी खाँदैन । ५ दलको गठबन्धन पनि खिचडी जस्तै हो ।’

नेता त्रिपाठीले नेताहरुले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्ने कुरा जनताहरुलाई भ्रमित बनाउनको लागि मात्र आएको दाबी गरे ।

यस्तै, उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि जनता प्रगतिशील पार्टी एकमात्र विकल्प रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्