Logo

समिट एयरको जहाज आपतकालिन अवतरण, इन्जिनमा समस्या



काठमाडौं, ४ वैशाख । सोलुखुम्बुको लुक्लाबाट उडेको समिट एयरको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालिन अवतरण गराइएको छ ।

समिट एयरको जहाजको एउटा इन्जिनमा समस्या आएपछि आपतकालिन अवतरण गरिएको बताइएको छ । सो जहाज आइतबार बिहान ११ः५० बजे एउटा इन्जिनको सहायताले अवतरण गराइएको हो ।

नागरिक उड्‍डयन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले इन्जिनमा समस्या आएपछि एउटा मात्र इन्जिनको भरमा अवतरण गराइएको बताए । जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए ।

जहाजमा सवार सबैजना सकुशल रहेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot