Logo

कक्षा ११ को परीक्षा जेठ तेस्रो साता



काठमाडौं, ४ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा जेठको तेस्रो साता गर्न निर्देशन दिएको छ ।

बोर्डले कक्षा १२ को वार्षिक परिक्षासँग नजुध्ने गरी ११ कक्षाको परीक्षा मिति तोकेको हो ।

बोर्डले एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो ।

‘कक्षा ११ को परीक्षा जेठ १६ गतेबाट सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षासँग नजुध्ने गरी २०७९ सालको जेठ महिनाको तेस्रो हप्तादेखि सञ्चालन गर्ने व्यवस्था गर्न सबै विद्यालयलाई जानकारी गराइन्छ,’ बोर्डको सूचनामा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot