Logo

सभामुखको दायित्व पूरा गर्ने वातावरण भएनः सभामुख सापकोटा



काठमाडौं, ४ वैशाख । सभामुख अग्नी सापकोटाले संविधान अनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् ।

आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफुले दायित्य पुरा गर्न खोजेपनि वातावरण बन्न नसकेको बताए ।

यस्तै, उनले उचित वातावरण बनाउनका लागि आफुले पहल गरेपनि बिभिन्न अप्ठ्याराहरु आएको बताए ।

‘सभामुखको सपथ लिएको दिन देखि २०७८ असार २८ गतेका दिनहरु मेरा लागि विश्वविद्यालय नै भएका छन् । ‘बुक फिलोसोपी र लाइफ फिलोसोपी’को बेजोड संयोजन मेरो जिवन भएको जस्तो लाग्छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्