Logo

नयाँ वर्षको पहिलो कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से



काठमाडौं, ४ वैशाख । नयाँ वर्षको पहिलो कारोबारको दिन (आइतवार) नेप्से परिसूचक २९.६० अंकले घटेको छ । परिसूचक २ हजार ३८५ दशमलव ६४ विन्दुमा झरेको हो ।
नयाँ वर्षबाट केहि सुधार आउने आशा गरिएको बजार आज १.२३ प्रतिशतले घटेको हो ।

आइतवार कारोबारमा आएका २२३ धितोपत्रमध्ये नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो । शेयरमूल्य प्रतिकित्ता रू. २ हजार ४८८ दशमलव ९० पुगेको छ । त्यसैगरी दोस्रोमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ४ दशमलव ३ प्रतिशत वृद्धि भएर रू. ५४२ दशमलव १० पुगेको छ ।

त्यसैगरी, आइतवार हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा नकरात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत घटेसँगै नकरात्मक सर्किट लागेको हो । सर्वाधिक शेयर खरीद विक्री नेपाल दूरसञ्चार कम्पनीको भएको छ । कम्पनीको रू. ४ करोड ९९ लाख बराबरको शेयर खरीदविक्री भएको हो ।



प्रतिक्रिया दिनुहोस्