Logo

छात्रालाई अश्लील भिडियो देखाउने शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलित, अवस्था तनावग्रस्त



काठमाडौं, ४ वैशाख । नवलपुरको गैंडाकोटस्थित जनक माध्यमिक विद्यालयकी एक छात्रालाई शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरु आन्दोलित हुँदा स्थिति तनाव भएको छ ।

कक्षा १२ मा अध्ययनरत एक छात्रामाथि शिक्षक कपिल घिमिरेले दुर्व्यवहार गरेको आरोप विधार्थीहरुको आरोप छ । शिक्षक घिमिरेले अश्लील भिडियो देखाएर यौन दुर्व्यवहार गरेको बताइएको छ ।

विद्यार्थीहरुले विद्यालय नजिक रहेका दुई वटा मोटरसाइकलमा आगजनी गरेका छन् भने विद्यालयका झ्यालढोकासमेत तोडफोड गरेका छन् ।

गैंडाकोट प्रहरीको टोलीले आक्रोशित विद्यार्थीहरुलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ । प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गरेर भीडलाई नियन्त्रण लिने प्रयास गरीरहेको छ । प्रदर्शनमा चार जना प्रहरी घाइते भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot