Logo

काबुल विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघ्यो



काबुल, ६ वैशाख । पश्चिमी काबुलमा भएको विस्फोटमा मृत्यु हुनेको संख्या २० नाघेको छ ।

एक टिभी न्युज प्रसारकले स्रोतलाई उद्धृत गर्दै मङ्गलबार जनाएअनुसार राजधानीको दश्त–ए–बर्ची जिल्लाको अब्दुल रहिम शहिद हाई स्कूलमा भएको विस्फोटमा छ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएको बताइएको छ ।

शहरको सुरक्षा विभागले पछि विद्यालयको मैदानमा तीनवटा विस्फोट भएको बताएको थियो । त्यसअघि काबुलको पश्चिमी भागमा रहेको मुमताज विद्यालयको क्षेत्रमा अर्को विस्फोट भएको थियो ।

विस्फोटको जिम्मेवारी अहिलेसम्म कुनै समूहले लिएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot