Logo

भ्यूटावर र सभाहल निर्माणका लागि बजेट नथप्ने मन्त्री झाक्रीको घोषणा



काठमाडौं, ७ वैशाख । शहरी विकास मन्त्री रामकुमारी झाक्रीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणका लागि बजेट नथप्ने बताएकी छिन् ।

आज एक कार्यक्रममा उनले भ्यूटावर र सभाहल निर्माणका लागि आगामी वर्षको नीति कार्यक्रममा बजेट व्यवस्था नहुने बताएकी हुन् ।

राज्यमाथि असिमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ नराख्ने भन्दै उनले भनिन्,‘आगामी आर्थिक वर्ष नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कार्यक्रमबाट राख्दैनौं ।’

पछिल्लो समय गाउँगाउँमा भ्यूटावर बनाइएको भन्दै आलोचना हुँदै आएको छ ।

उनले यसअघि मन्त्रालयले बनाइरहेका ३२ वटा सभा हल भने प्राथमिकताका साथ निर्माण सम्पन्न गर्ने बताएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्