Logo

तेस्रो त्रैमासमा यस्तो छ नेपाल बैंकको अवस्था



काठमाडौं, ७ वैशाख । नेपाल बैंकको खुद नाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३.०७ प्रतिशतले घटेको छ ।

गत वर्ष यसै अवधिमा भने बैंकले २ अर्ब २६ करोड २२ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नेपाल बैंकको खुद ब्याज आम्दानीमा झिनो सुधार भएको छ । इम्पेयरमेन्ट चार्जमा भारी वृद्धि भएपछि सञ्चालन नाफा २४.०३ प्रतिशतले घटेको छ । जसका कारण खुद नाफा प्रभावित भएको हो ।

बैंकको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । रिजर्भ कोष पनि ६.९३ प्रतिशतले बढेर १७ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ ।

चुक्त पुँजी १४ प्रतिशतले बढेको छ । बैंकको प्रतिसेयर आम्दानी भने ३ रुपैयाँ ५७ पैसाले घटेर २० रुपैयाँ ३० पैसामा आइपुगेको छ । चैत मसान्तसम्म नेपाल बैंकको प्रतिसेयर नेटवर्थ भने २४० रुपैयाँ ६० पैसा छ ।



प्रतिक्रिया दिनुहोस्