Logo

वैशाख ७ गते युवा उत्सव दिवस मनाउने ओलीको घोषणा



काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वैशाख ७ गतेलाई एमालेले युवा उत्सव दिवसको रुपमा मनाउने घोषणा गरेका छन् ।

ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा उनले यस्तो घोषणा गरेका हुन् ।

कार्यक्रम उनले युवाहरुका ज्ञान र विचार सुन्न आफुले नेपालको इतिहासमा पहिलो कार्यक्रम रहेको दाबी गरे । साथै उनले अन्तिम नरहेको समेत बताए ।

उनले युवासँगको छलफलका क्रममा भविष्यका बारेमा कुरा गर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot