Logo

अध्ययन अनुसन्धानमा नेपाल पहिलो नम्बरमाः केपी ओली



काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल अध्ययन अनुसन्धानको उर्वर भूमी रहेको बताएका छन् ।

ललितपुरको गोदावरीमा एमालेद्वारा आयोजित ‘युवासँग म’ कार्यक्रममा उनले अन्तरीक्षको पहिला अध्यता आर्य भट्ट रहेको बताए ।

‘आज चन्द्रमामा मान्छे पुग्यो होला, अन्तरीक्षको अध्ययन हुँदै होला तर, पहिलो अन्तरीक्षका अध्यता हाम्रा पूर्खा हुन् । सबै भन्दा पहिले आर्य भटले अन्तरीक्षको बारेमा सौर्य मण्डल के हो ? भन्ने बारे छैटौं शताब्दी पत्ता लगाएका थिए,’ उनले भने ।

यस्तै, उनले भाष्कर आचार्यले १३औं शताब्दीमै गुरुत्वाकर्षणको सिद्धान्त पत्ता लगाएको बताए ।

‘वि.स ११५० मा त्यो कुरा पत्ता लगाएका थिए । वि.स १२१० मा सिद्धान्त सिरोमनी भन्ने पुस्तक प्रकाशन भएको थियो । जसमा उनले त्यसबारे ब्याख्या गरेका छन्,’ उनले भने ।

जिवनको विकासका, खोज, अध्ययन र अनुसन्धानका लागि नेपाल अनुकुल भूमी रहेको समेत उनले बताए ।

वनस्पति, जलचर र थलचरको बासस्थानको लागि नेपाल महत्वपूर्ण भूमी रहेको बताए ।

‘हाम्रा पुर्खाहरुको विरासतको कारणले होला हाम्रो रगतमा परिश्रम र इमान रहेको छ । विश्वले हामीलाई त्यसरि बुझेको छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot