Logo

सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढ्यो



काठमाडौं, ७ वैशाख । सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सिभिल बैंकको खुद नाफा ७९.९१ प्रतिशतले बढेको छ ।

गत वर्ष बैंकले ५० करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो । यता, बैंकको खुद ब्याज र सञ्चालन नाफा ५९.३९ प्रतिशत र सञ्चालन नाफा भने ९१.४५ प्रतिशत ले बढेको छ । यसले गर्दा बैंकको नाफा बढ्न सहयोग पुगेको छ ।

यो त्रैमाससम्म बैंकले निक्षेप संकलन २.३३ प्रतिशच र कर्जा लगानी ६.२० प्रतिशतले बढाउन सफल भएको छ । सिबैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५३ पैसाले बढेर १३ रुपैयाँ २८ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ५२ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot