Logo

सन नेपाल लाइफ इन्सुरेन्सको साधारण सभा वैशाख नौं गते



काठमाडौं, ८ वैशाख । सन नेपाल लाइफ इन्सुरेन्सको वार्षिक साधारण सभा वैशाख ९ गते बस्ने भएको छ ।

सभामा कम्पनीले पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पेश गर्दैछ । कम्पनीको लागि नियमावली संशोधन गर्ने एजेन्डा समेत रहेको छ । सभामा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदनमा पनि छलफल हुनेछ । लेखा परीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । यता, एनएफआरएस प्रणाली अनुसार तयार गरिएको वित्तीय विवरणमा छलफल गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ ।

सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । सभा हायात प्लेस, रेडक्रस रोड, ताहाचल काठमाडौंमा अपरान्ह ४ बजे सुरु हुनेछ । यता, सन नेपालले आइपीओ निष्कासनका लागि रेटिङ गराइसकेको छ ।

केयर रेटिङ नेपालले कम्पनीको आइपीओलाई औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot