Logo

युक्रेनले भन्यो कीभ बाहिर ९ वटा शव भेटियो, केहीमा यातनाको सङ्केत



कीभ, ८ वैशाख । युक्रेनको राजधानी कीभ बाहिर बोरोद्यान्का शहरमा नौ जना सर्वसाधारणको शव फेला परेको छ । एक वरिष्ठ प्रहरी अधिकारीले बताएअनुसार ती मृतकको देहमा केही यातनाको सङ्केत पनि देखिएको छ ।

यी मानिसहरूलाई नियन्त्रणमा लिएर मारेको हुनसक्ने यातनाका संकेतहरू देखाएका छन्। ती मानिसहरू सर्वसाधारण थिए। रूसी सेनाले जानाजानी कुनै पनि प्रतिरोध नगर्ने नागरिकहरूलाई गोली हाने मारेको, कीभ क्षेत्रका प्रहरी प्रमुखले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot