Logo

कोरोना संक्रमण दर बढेको भन्दै उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं, ८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारत लगायतका राष्ट्रहरुमा कोभिड १९ को संक्रमण दर बढिरहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

मन्त्रालयले आज (बिहीबार) विज्ञप्ति जारी गरी संक्रमण केही कम भएको जस्तो देखिए पनि महामारीको जोखिम कायम नै रहेको भन्दै खोपको पूर्ण मात्रा लगाउन आग्रह गरेको छ ।

‘कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ । यसमा सबैले सहयोग गरेर सतर्कता अपनाउन आग्रह गर्दछौं,’विज्ञप्तीमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot