Logo

डिउटीमा रहेकी २४ वर्षीय सिपाहीले आफैंलाई गोली हानेपछि…



काठमाडौं । नेपाली सेनाको कपिलवस्तुमा तैनाथ शमशेर दल गणमा कार्यरत एक महिला सिपाहीले बुधबार आफैँलाई गोली प्रहार गरेकी छन् ।

बुधबार साँझ करिब ६ बजे डिउटीमा रहेकी २४ वर्षीया सिपाही कोपिला राजवंशीले आफैँलाई गोली हानेको नेपाली सेनाले जनाएको छ ।

उनले डिउटीमा बोकेको एम १६ राइफलबाट पेटभन्दा केही माथि दुई राउन्ड गोली प्रहार गरेकी थिइन् र गोलीले पछाडि छेडेको थियो । घटनापछि उनलाई उपचारका लागि बुटवलस्थित यूसीएमएस अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आज बिहान ५ः१७ मा निधन भएको नेपाली सेनाले जानाएको छ ।

घटनाबारे आन्तरिक अनुुसन्धान र प्रहरी अनुसन्धानपछि मात्र स्पष्ट हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्