Logo

आईपीएलमा आज एक खेल, रोमान्चक हुने अनुमान



काठमाडौं, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (बिहिबार) एक खेल हुँदैछ ।

मुम्बईको नाबीमा हुने खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राती आठ बजे सुरु हुनेछ ।

आजको खेल रोमान्चक हुने आँकलन गरिएको छ ।

यी दुबै टोली आईपीएलमा सर्वाधिक सफल टोली हुन् ।

तर, यस सिजनको आईपीएलमा दुबै टोली पुछारमा रहेका छन् । ६ खेल खेलीसकेको चेन्नाई आज दोस्रो जितको खोजिमा छ भने मुम्बईले आज पहिलो जित निकाल्न चाहन्छ ।

मुम्बई ६ खेलमा ६ हार व्यहोर्दै अंक विहिन रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्