Logo

ओलीलाई भिलेनको संज्ञा दिदै प्रचण्डले भने– ओलीले जनमत तुहाउने काम गरे



काठमाडौं, ८ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई ‘भिलेन’को संज्ञा दिदै कम्युनिस्ट पार्टीलाई जनताले दुईतिहाइ मतलाई तुहाउने काम गरेको आरोप लगाएका छन् ।

आज (बिहीबार) कैलालीको गौरीगंगा नगरपालिकामा आयोजना भएको कार्यक्रममा प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

‘कम्युनिस्ट पार्टीलाई जनताले दुईतिहाइ मत दिएको तर ओलीले त्यसलाई तुहाउने काम गरे । जसलाई राज्यको नेतृत्व दियौँ उनै भिलेन भएर निस्किए। हामी त्यो प्रवृत्तिविरुद्ध संघर्ष गर्न हामी बाध्य भयौँ,’ उनले भने ।

नेपालमा शान्ति प्रक्रियापछि ‘नयाँ युग’ को सुरूवात भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot