Logo

जिम्बाबेविरुद्धको खेलका लागि नेपाली टिमको घोषणा



काठमाडौं, ९ वैशाख । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध खेल्ने राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी–ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेको हो ।

सन्दीप लामिछानेको कप्तानीमा क्यानले २३ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपाली टिममा दिपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आरिफ शेख, आसिफ सेख, रोहित पौडेल, बिनोद भण्डारी, करण केसी, सोमपाल कामी, देव खनाल, किशोर महतो, अदिल अन्सारी, भिम सार्की, सुसन भारी, पवन सरार्फ, अभिनाश बोहरा, बासिर अहमद, लोकेश बम, विवेक यादव, साहब आलम, सागर ढकाल, बिक्रम सोब र सुनिल धमला छन् ।

क्यानले एकदिवसीय र टी ट्वान्टीका लागि २३ सदस्यीय टिमको घोषणा गरिएको जनाएको छ ।

नेपाल र जिम्बावे ‘ए’ बीचको सिरिज बैशाखमा हुनेछ । नेपालले जिम्बावे ‘ए’ सँग तीन ५० ओभरको र तीन टी–२० खेल खेल्नेछ ।

सिरिज बैशाख १७ गते त्रिवी क्रिकेट मैदानमा हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot