Logo

शुक्रबार कति पुग्यो सुनको मूल्य ?



काठमाडौं, ९ वैशाख । शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । सुनको मूल्य आज स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ । बिहीवार पनि सुन सोही मूल्यमा सुनको खरीदविक्री भएको थियो ।

यस्तै, यो दिन चाँदीको मूल्य भने घटेको छ । शुक्रवार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ३६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन भने चाँदीको मूल्य प्रतितोला १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो ।

त्यस्तै, अन्तरराष्ट्रिय बजारमा पनि यो दिन सुनको मूल्य घटेको छ । यो दिन न्यूयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा स्पट गोल्डको मूल्य प्रतिऔंस १ हजार ९५२ दशमलव ६१ डलर पुगेको छ ।

त्यसैगरी, यो दिन अमेरिकी डलरको मूल्य भने घटेको छ । शुक्रवार एक अमेरिकी डलरको विक्रीदर १२२ दशमलव १४ रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन भने एक अमेरिकी डलरको विक्रीदर १२२ दशमलव २४ रुपैयाँ थियो।



प्रतिक्रिया दिनुहोस्