Logo

नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदै



काठमाडौं, ९ वैशाख । नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदैछ ।

लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ आजबाट मन्डला थिएटरमा मञ्चन हुन लागेको हो । नाटकको निर्देशन विमल सुवेदीले गरेका छन् ।

लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तक ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण भने लेखक सुरज सुवेदीले गरेका छन् ।

नाटकमा अभिनेत्री सृष्टि श्रेष्ठले सहितको कलाकारहरुको अभिनय रहेको छ ।

वैशाख ९ गतेदेखि सुरु भएको नाटक २५ गतेसम्म साँझ ५ बजेबाट प्रदर्शन हुनेछ । शनिबारको दिन दिउसो एक बजे समेत नाटक हेर्न सकिने मण्डला थियटरले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot