Logo

धरहरालाई सेतो टावर भन्दै बालेनले सुनाए काठमाडौंलाई सफा र सबृद्ध बनाउने योजना (भिडियोसहित)



काठमाडौं, ११ वैशाख । स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालीकाको मेयर मदका स्वतन्त्र उम्मेद्वार बालेन शाहले काठमाडौं महानगरपालीकाको फोहोर व्यवस्थापन गर्न छ महिना पनि नलाग्ने दाबी गरेका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘धमलाको हमला’मा पत्रकार ऋषि धमलासँगै बोल्दै उनले यस्तो दाबी गरेका हुन् । उनले आफु काठमाडौंको मेयर भएपछि के–के काम गर्ने भनेर पूर्णरुपमा योजना बनाइसकेको सुनाए । काठमाडौंमा रहेको पानीको समस्यालाई हल गर्ने योजना समेत सुनाएका थिए ।

उनले आफु स्वतन्त्र उम्मेद्वार भएकाले पार्टी र कार्यकर्ताको नभएर जनताको काम गर्ने बताए ।

यस्तै, उनले आफुले ९० हजार सात सय ३५ सय भोट ल्याउने दाबी गरे ।

शाहले सुन्धारमा बनेको धरहरालाई कङ्क्रिटबाट बनेको सेतो टावर भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot