Logo

लोकतन्त्र दिवसको शुभकामना आदानप्रदान गर्ने हो भने विदेश भक्तितन्त्रको विरोध गरौंः भीम रावल



काठमाडौं, ११ वैशाख , नेकपा (एमाले)का नेता भीम रावलले लिकतन्त्र दिवसको शुभकामना आदानप्रदान गर्ने हो भने विदेश भक्तितन्त्रको विरोध गर्नुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जाल मार्फत यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,‘लोकतन्त्रको शुभकामना आदानप्रदान गर्ने हो भने सिद्धान्तहीन पदतन्त्र, गुटतन्त्र, धनतन्त्र, मनपरितन्त्र, भ्रष्टाचारतन्त्र र विदेश भक्तितन्त्रको विरोध गरौं। देश र जनताको सर्वोपरि हितमा संविधानको परिपालन गर्न सत्ता र शक्तिधारीहरू बाध्य हुने स्थितिको सिर्जना गरौं ।’



प्रतिक्रिया दिनुहोस्