Logo

ओलीको टिप्पणी– कांग्रेसको घोषणापत्र बकवास र पागलहरूको प्रलाप



काठमाडौं, १३ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह चुनावका लागि नेपाली कांग्रेसले ल्याएको घोषणा पत्र बकवास भनेका छन् ।

मंगलबार मनमोहन अधिकारीको २३औं स्मृति दिवसमा बोल्दै ओलीले कांग्रेसको घोषणापत्रलाई ‘बकवास र पागलहरूको प्रलाप’को संज्ञा दिएका हुन् ।

उनले नेपाली कांग्रेसको घोषणापत्र राजनीतिक दस्तावेज नभएको बताए ।

‘त्यसलाई राजनीतिक दस्तावेजको दर्जा दिन सकिंदैन । पागलहरूको प्रलाप हो त्यो । मुख छाड्ने, गाली गर्ने तथानाम बाहेक केही पनि छैन,’ उनले भने ।

उनले घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरिएको भन्दै उनले भने, ‘त्यो घोषणा पत्रमा दर्जनौं ठाउँमा व्यक्तिगतरुपमा नाम किटेर तथानाम गाली गरेको छ । त्यसलाई कुनै राजनीतिक दस्तावेज भन्न सकिंदैन ।’ तस्विरः मुकुन्द कालीकोटे

 

 



प्रतिक्रिया दिनुहोस्