Logo

राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा फोटो प्रदर्शनी तथा प्रभातफेरी (फोटोफिचर)



काठमाडौं, १३ वैशाख । ९५औँ राष्ट्रिय फोटो पत्रकारिता दिवस आज देशभर मनाइँदैछ ।

देशभरका फोटो पत्रकारहरूले विविध कार्यक्रम गरेर फोटो पत्रकारिता दिवस मनाइरहेका छन् ।

राष्ट्रिय फोटो पत्रकार समूहद्वारा ९५औं राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा मंगलबार प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूहले आज काठमाडौंको बसन्तपुरमा लकडाउन फोटो प्रदर्शनी कार्यक्रमको समेत आयोजना गरेको छ ।

वि.सं १९८४ मा वैशाख १३ गते पहिलोपटक विरगञ्जमा चर्खामा धागो काति रहेकी महिलाको फोटो समाचारको रूपमा गोरखापत्रमा प्रकाशन भएको दिनलाई सम्झना स्वरुप फोटो पत्रकारिता दिवस मनाइदै आइएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहले विगत २५ वर्षदेखि फोटो पत्रकारिता दिवस मनाउँदै आएको छ ।

प्रभातफेरीमा फोटो पत्रकारहरुको सहभागिता रहेको थियो । तस्बिरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot