Logo

हाम्रो पार्टी एमालेमा फर्कदैँछ भन्ने कुरामा सत्यता छैन– झलनाथ खनाल



काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आफ्नो पार्टी एमालेमा फर्कदैँछ अथवा माओवादीमा विलय हुँदैछ भन्ने कुरामा कुनै सत्यता नभएको बताएका छन् ।

हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चान्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवादका क्रममा उनले अहिलेको अवस्थामा एकीकृत समाजवादी देशको सबैभन्दा अग्रगामी पार्टी भएको र अवसरवादले ग्रस्त अन्य पार्टीसँग अहिले नै एकताको सम्भावना नरहेको बताएका हुन् ।

‘यदि कार्यदिशा, नीति, सिद्धान्त, लक्ष्य मिल्छ भने हामी कुनै पनि पार्टीसँग एकता गर्न हुँदैन भन्दैनौं । तर, गम्भीर रुपमा असहमतिका साथ हामीले विद्रोह गरेर जुन पार्टीसँग आयौं, त्यो विद्रोहको बेलादेखि कुनै सुधार देखेका छैन। रिअलाइजेसन पनि हामीले देखेका छैनौं । वैचारिक एकता र औपचारिक वार्ता पनि भएको छैन । देश व्यापीरुपमा भ्रम फैल्याइयो,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्