Logo

एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्न नसक्नुको कारण खोजी गरौं– झलनाथ खनाल (दस्तावेजसहित)



काठमाडौं, १८ पुष । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टी राष्ट्रिय पार्टी बन्न नसक्नुको कारण खोजी गल्ती र कमजोरीहरूको निर्मम ढङ्गले उजागर गर्न सक्नुपर्ने बताएका छन् ।पार्टीको जारी बैठकमा आफ्नो लिखित दस्तावेज पेश गर्दै नेता खनालले पार्टी पुनर्गठनदेखि अहिलेसम्मका अनुभवको समग्र समीक्षा गर्नुपर्ने धारणा राखेका हुन् ।

‘हामीले गरेका सही र गलत कुरालाई पहिचान गरौँ । के कारणले राष्ट्रिय पार्टी सम्म पनि बन्न सकेनौ ? त्यसका वैचारिक राजनीतिक र सांगठनिक कारणहरू के हुन् ? तिनीहरूलाई पत्ता लगाऔँ र त्यस्ता गल्ती कमजोरीहरू फेरि कहिल्यै नदोहोरिने सङ्कल्प गरौँ,’ दस्तावेजमा भनिएको छ । नेता खनालले ‘अब हामीले हिड्नुपर्ने बाटो’ शीर्षकको दस्तावेज प्रस्तुत गर्दै अविलम्ब राष्ट्रिय सम्मेलन वा महाधिवेशन आयोजना गर्न पनि माग गरेका छन् ।

पार्टीलाई वैचारिक र संगठनात्मक रूपले व्यापक पुनर्गठन गर्न र उद्देश्यमूलक ढङ्गले सक्रिय र गतिशील बनाउन पनि उनले आग्रह गरेका छन् । पार्टी विलय वा एकताकाबारेमा चलेको चर्चाको खण्डण गर्दै अहिले पार्टी विलय वा एकताको पक्षमा आफूहरु नरहेको पनि प्रष्ट्याएका छन् ।

साथै आफूहरु सधैँ कम्युनिस्ट एकताका पक्षमा रहेको उनको धारणा रहेको छ । अब कम्युनिस्टहरुको बीचको एकता नीतिनिष्ठ, सिद्धान्तनिष्ठ र विधिनिष्ठ एकता हुनुपर्ने उनको धारणा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot