Logo

सन् २०२३ मा कोरोनापछि ठूलो खतरा बन्नसक्छ ‘सुपरबग’



एजेन्सी । विगत दुई वर्षदेखि विश्व नै कोरोनाले आक्रान्त छ। एकातिर हरेक वर्ष नयाँरुप लिएर महामारीले मानिसलाई शारीरिक मात्र होइन मानसिक रूपमा पनि कमजोर बनाएको छ। अर्कोतर्फ अमेरिकाका मानिसमा तीब्र गतिमा फैलिरहेको सुपरबगले सारा विश्वलाई नै फेरि चिन्ता नजिक पुगाएको छ।

सुपरबग विगत केही समयदेखि चिकित्सा विज्ञानका लागि नै ठूलो चुनौतीको रूपमा देखिएको छ। यस्तो अवस्थामा कोभिड–१९ को सङ्क्रमणले यसलाई झन् खतरनाक बनाउँदैछ। मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित एक अध्ययनले यो सुपरबग यसरी फैलिन थाल्यो भने हरेक वर्ष यसैका कारण १ करोड मानिसको मृत्यु हुन सक्ने सम्भावना देखाएको छ।

हालैपनि सुपरबगका कारण विश्वभरबाट हरेक वर्ष १३ लाख ब्यक्तिको मृत्यु हुने गरेको छ। एक अध्ययनका अनुसार सुपरबगमाथि एंटीबायोटिक र एंटी फंगल औषधी पनि काम गर्दैनन्।

के हो सुपरबग ?

यो ब्याक्टेरीयाको एक रुप हो। कतिपय ब्याक्टेरिया मानवमैत्री हुन्छन् भने केही मानिसका लागि निकै खतरनाक हुन्छन्। यो सुपरबग मानिसका लागि घातक हुन्छ। यो ब्याक्टेरिया, भाइरस र परजीवीको एक प्रकार हो। जब ब्याक्टेरिया, भाइरस, फंगस वा परजीवीहरू समयसँगै परिवर्तन हुन्छन्, तब औषधीले उनीहरूलाई असर गर्न छोड्छ। यसले तिनीहरूमा एन्टिमाइक्रोबियल प्रतिरोध सिर्जना गर्दछ।

एन्टिमाइक्रोबियल प्रतिरोधको उदयपछि त्यो संक्रमणको उपचार धेरै गाह्रो हुन्छ। सरल भाषामा बुझ्दा सुपरबग भनेको बिरामीको शरीरमा रहेको ब्याक्टेरिया, भाइरस र परजीवीको अगाडि औषधी प्रभावहीन हुने अवस्था हो।

कसरी फैलिन्छ सुपरबग ?

सुपरबग छालाको सम्पर्क, घाउँ र यौन सम्पर्कको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलिन्छ। मानव शरीरमा सुपरबग पुगेपछि औषधीले बिरामीलाई असर गर्न छोड्छ। सुपरबगको लागि हाल कुनै औषधी छैन तर सही तरिका अपनाएर यसलाई रोक्न सकिन्छ।

सुपरबगका कारण के(के रोगहरू लाग्न सक्छन् ?

सन् २०२१ मा अमेरिकामा भएको १० भन्दाबढी अनुसन्धानले सुपरबगका कारण समय पूर्वजन्म हुने जोखिम बढेको पत्ता लगाएको थियो। अर्कोतर्फ पुरुषहरूलाई पिसाबसँग सम्बन्धित समस्याहरू हुन्छन्। हालैपनि मानवहरूमा यसको दीर्घकालीन साइड इफेक्टहरूमा थप अनुसन्धानहरू भइरहेका छ।

सुपरबगबाट कसरी बच्ने ?

-सुपरबगबाट बच्नको लागि पहिले साबुन र पानीले हात धुनुहोस्।
-हातधुदाँ सेनिटाइजर प्रयोग गर्नुहोस्।
-खानेकुरा सफा ठाउँमा राख्नुहोस्।
-खाना राम्ररी पकाउनुहोस् र सफा पानी प्रयोग गर्नुहोस्।
-बिरामी व्यक्तिहरूसँगको सम्पर्कबाट टाढा रहनुहोस्।
-कुनैपनि एन्टिबायोटिकको प्रयोग डाक्टरको सल्लाहपछि मात्र गर्ने।
-एन्टिबायोटिक्स औषधी अरूसँग साझेदारी नगर्नुहोस्।



प्रतिक्रिया दिनुहोस्