Logo

नेकपा (एस) को पोलिटब्युरो बैठकमा रामकुमारी झाँक्रीसहितका नेतालाई कारबाही गर्न माग



काठमाडौं, १९ पुष । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो बैठकमा पार्टीका १ सय २० जनाभन्दा बढी नेतालाई कारबाही गर्नुपर्ने माग भएको छ । बैठकमा चुनावी समीक्षाका क्रममा सचिव रामकुमारी झाँक्री, मुकुन्द न्यौपानेलगायतका नेताहरुलाई कारबाहीको माग गरिएको हो ।

सचिव झाँक्रीले एमाले र माओवादीको पक्षमा समर्थन गरेको र नेता न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा भोट हाल्ने नगएको आरोप लागेको छ । साथै नेता न्यौपानेले एमालेसँग पार्टी एकता गर्नुपर्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिँडेको पनि आरोप छ ।

त्यसैगरी, पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूलाई लागेको कुरा बैठकमा राख्न र मिडियामा पर्चार बाजी गर्दै नहिँडन नेता, कार्यकर्तालाई आग्रह गरेका छन् । सचिव झाँक्री र नेता न्यौपानेका विरुद्धमा कुरा उठेसँगै अध्यक्ष नेपालले आफ्नो नेताहरूको बद्ख्वाइँ गरेर अरु नेताको प्रशांसा नगर्न आग्रह गरेका हुन् ।

‘अनुशासन तोड्ने अनि हाम्रै स्वर ठूलो हुने । पार्टीको विरोध बाहिर गर्ने अनि हाम्रै स्वर ठूलो हुने । आफ्नो नेताहरूको बद्ख्वाइँ गरेर अरु नेताको प्रशांसा गर्ने अनि आफ्नै स्वर ठूलो हुने ? यो तरिका बन्द गरौं । हामी नयाँ क्रान्तिकारी पार्टी बनाउन लाग्नुपर्छ,’ नेता नेपालले भने ।

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot