Logo

नेपाल टी–२०ः जनकपुरमाथि लुम्बिनीको जित



काठमाडौं, १९ पुष । नेपाल टी-२० लिग अन्तर्गत आज भएको दोस्रो खेलमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई हराउँदै विजय भएको छ।

त्रिभुवन अन्तर्राष्ट्रि क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनीले पहिला टस जितर ब्याटिङ् गर्दै २० ओभरमा ६ विकेट गुमाउँदै १७८ रन जोड्दै १७९ रनको लक्ष्य दिएको थियो। जवाफि ब्याटिङमा उत्रेको जनकपुरले २० ओभरमा ५ विकेट गुमाउँदै १७३ रन मात्र जोड्न सक्यो।

लुम्बिनीका लागि हरमीत सिंहले ४७ बल खेल्दै ७३ रन जोडेभने लाहीरु मिलान्ल्थाले ३२ बलमा ३३ रन जोडे। जनकपुर रोयल्सका सारफुद्दिन आशिर्फले ३ विकेट लिए।

यस्तै ब्याटिङतर्फ जनकपुरका चाडविक वाल्टनले ३६ बलमा ५९ रन जोडे।



प्रतिक्रिया दिनुहोस्