Logo

कोरोनालाई लिएर भारत सावधान ! २४ धण्टामा भयो २ लाखभन्दा बढी परीक्षण



एजेन्सी । कोरोनाको नयाँ लहर आएदेखि धेरै ब्यक्तिहरु डराईरहेका छन्। यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोनाको १ सय ७५ नयाँ केश दर्ता भएका छन्। भारतभर कोरोनाको पोजेटिभ दर अहिलको समय ०.०९ प्रतिशत छ साथै साप्ताहिक पोजेटिभ दर ०.१२ प्रतिशत छ।

कोरोना भाइरसविरुद्धमा राष्ट्रव्यापी खोप अभियानअन्तर्गत हालसम्म कुल २२०.११ करोड खोप दिइसेकेको छ । यस्तै पछिल्लो २४ धण्टामा ४७ हजार २९२ कोरोना खोप दिइएको छ भने २, ०१, ६९० जनामा कोरोना परीक्षण गरिएको छ।

विश्वभर पछिल्ला ७ दिनमा ३० लाखभन्दा बढी जनसंख्यामा कोरोना संक्रमण पुस्टी भएको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot