Logo

कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयन गर्न निर्वाचन हुँदै



काठमाडौं, २० पुष । नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ । संसदीय दलको नेता छनोटमा सहमति जुट्न नसकेपछि समिति बनाइएको थियो । उक्त समितिले निर्वाचनका तालिकासमेत सार्वजनिक गरिसकेको छ ।

समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै मनोनयन दर्ता गर्ने र निर्वाचन मार्फत दलको नेता छनोट गर्ने तयारी छ । कार्य तालिका अनुसार दिउसो १२ बजेसम्म मतदाता नामावली प्रकाशन हुने, १२ः३० सम्म दाबी विरोध, १ बजे अन्तिम नामावली तयार गर्ने र २ः३० सम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

त्यसैगरी, आजै ३ः३० सम्म उम्मेदवारी फिर्ता र अन्तिम नामावली ३ः४५ मा सार्वजनिक गरिने छ । मतदान आजै ४ बजे देखी ५ बजे सम्म हुने छ भने परिणाम पनि आजै सार्वजनिक गरिने बताइएको छ । निर्वाचन समितिले उम्मेदवारी दर्ता शुल्क २५ हजार निर्धारण गरेको छ ।

प्रदेश संसदीय दलको नेतामा शिवराज भट्ट, बहादुर सिंह थापा, दिवान सिंह विष्ट, मेघराज खड्का, मानबहादुर रावल, प्रकाश बहादुर देउवा, कमल बहादुर शाह लगायतको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot